जिल्ला प्रवेशमा केहि सर्तसहित गुल्मीमा आजबाट हटाइयो निषेधाज्ञा


गुल्मी । गुल्मीमा आजबाट निषेधाज्ञा हटाइएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै भदौ ७ गतेदेखि जारी गरिएको निषेधाज्ञा आजबाट हटाइएको हो ।

जिल्ला भित्र निषेधाज्ञा हटाइए पनि जिल्ला प्रवेश भने कडा पारिएको छ । बाहिर जिल्लाबाट जिल्ला प्रवेश गर्नेले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । रिर्पोट नेगेटिभ आएकालाई मात्रै जिल्ला प्रवेश गर्न दिइने बताइएको छ ।

त्यस्तै जिल्लामा जोखिम कायमै भएकाले पसल, अफिस, तरकारी पसलहरु समय तालिका बनाए खोलिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार