कोरोनाबाट चितवनमा तीनसहित थप ५ जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट चितवनमा तीनजना सहित थप ५ जनाको मृत्यु भएको छ । सिरहा, चितवन र वीरुगञ्जमा गरी थप ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरूष, १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिला रहेकी छन् ।

त्यस्तै वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षीय पुरुष र सिरहाको मिर्चैया नगरपालिका ६ का ६५ वर्षीया पुरुष रहेका छन् ।
उनीहरु सबैको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार