गुल्मी । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव खर्च उठाउनका लागि नेताहरुले भ्रष्टाचार गर्ने गरेको खुलासा गरेका छन । देश दौडाहामा रहेका पुर्बप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले गुल्मी पुगेर भने, ‘चुनाव लड्दा करोडौ खर्च हुन्छ, अनि त्यो खर्च उठाउनु पर्यो, त्यसैले रातारात करोडौ भ्रष्टाचार हुन्छ ।’
देशलाई बलियोगरी गाँजेको भ्रष्टाचार रोक्न महायज्ञ लगाएर र धर्मको डर देखाएर सम्भव नहुने उनको भनाई छ ।
भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरु बलियो हुनुपर्नेमा जोड दिदै नेता भट्टराईले भने “मानिस पदमा पुगेपछि लोभ लालचमा फेस्छ,
त्यसैले भ्रष्टचार निर्मुल पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायापालिकामा स्वतन्त्र ब्यक्ती नियुक्ति गरिनुपर्दछ ।”
खर्चिलो चुनावको कारण देशमा बढि भ्रष्टाचार र कमिसनखोरी बढेकाले खर्चिलो चुनावी प्रणालीको सुधार गर्नुपर्ने उनले बताए ।
नेता भट्टराईले चुनावमा हुने आधारभुत खर्च राष्ट्रले तिर्ने र कार्यकारी पदमा मात्र चुनाव गर्ने ब्यवस्था हुनसके भ्रष्टाचारमा धेरै कमी आउने बताए । भ्रष्टाचार र प्रदुषित राजनीतिको निवारण गर्न जनता पनि सचेत हुनुपर्ने भन्दे उनले असल नेतालाई मात्र चुन्नुपर्ने सुझाव समेत दिए ।