निर्मला पन्तको हत्या आशंकामा काठमाडौंबाट एक युवक पक्राउ, अनुसंन्धान जारी

काठमाडौं । कंचनपुरकी निर्मला पन्तको हत्यामा संलग्न हुनसक्ने भन्दै प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कंचनपुरकै एक २२ बर्षिय युवक रहेको बताइएको छ ।

मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनको पिछा गर्दै काठमाडौंबाट पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका युवक निर्मला पन्तको हत्या भएदेखि नै कंचनपुरमा नदेखिएको समेत बताइएको छ ।

पक्राउ परेका ति युवको डिएनए संकलन गरेर परिक्षण भइरहेको छ भने उनिबारे थप अनुसंन्धान जारि छ । पक्राउ परेका ब्यक्तीको परिचय खुलाइएको छैन ।

युवक पक्राउ परेको सम्बन्धमा कंचनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले यसबारे आफुलाई केहि थाहा नभएको अनमोलपोष्टलाई बताए । “काठमाडौंमा पक्राउ परेको कुरा हामीलाई कसरी थाहा हुन्छ ? एसपी कडायतले भने, कुनै अरु घटनाका सम्बन्धमा समात्यो होला नी, मलाई थाहा छैन । हामी आफ्नो काम गरिरहेका छौं, अनुसन्धान भइरहेको छ ।”

साथीको घरमा होमवर्क गर्न गएकी १३ बर्षिय निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव गत साउन ११ गते गाँउकै उखुबारीमा फेला परेको थियो । उनि १० गते घरबाट साथीको घर गएकी थिईन ।

छोरीको हत्यारा पक्राउ गनुपर्ने भन्दै धर्ना बसेर न्याय माग्दै गर्दा निर्मलाका बुवा बिरामी भई अहिले उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठामाडौंमा भर्ना छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार