
काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका तीन कैदैको मृत्यु भएको छ । मृत्यु हुनेमा कारागारमा रहेका ४०, ६० र ६४ वर्षीया पुरुष रहेका छन् ।
उनीहरुमध्ये ४० वर्षीया पुरुषमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि मेघा अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा सोमबार राति मृत्यु भएको बताइएको छ ।
त्यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको भने मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। उनीहरु दुबै जनाको भदौ ५ गतेको रिर्पोट नेगेटिभ आएको थियो । तर पनि फेरि परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
केन्द्रीय कारागारमा अहिलेसम्म ५२ जना कैदीमा कोरोना संक्रमण देखिएको छ।










