जनविश्वास अझ बलियो हुनेगरी लोकसेवा आयोगले काम गर्नुपर्छ – राष्ट्रपति

काठमााडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छिन् ।
लोकसेवा आयोगको ६९ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले भनिन, “आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर लोकसेवाले काम गर्नुपर्दछ ।”

‘परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति म विश्वस्त छु, उनले भनिन् ।

राष्ट्रपति भण्डारीले संवैधानिक जिम्मेवारी पाएको आयोगको काम कारवाहीलाई थप मजबुत बनाउन सरकार र सम्बद्ध सबैले सहयोग गर्ने विश्वास समत ब्यक्त गरिन। लोकसेवा आयोगको स्थापना वि।सं २००८ असार १ गते भएको हो ।

पछिल्लो पटक लोकसेवा आयोगले निकालेको विज्ञापनका बिषयमा भने चौतर्फी बिरोध भइरहेको छ । संविधानले व्यस्था गरेको समावेशी र समानुपातीकलाइृ सकेत बेवास्थागरी लोकसेवाले विज्ञापन गरेको भन्दै त्यसको खारेजीका माग भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार