
काठमाडौं । चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ । लामो समयदेखि बिरामी उनको उपचारका क्रममा आज बिहान महारागंजस्थित मेट्रो हस्पिटलमा निधन भएको हो।
उनले नोभेम्बर रेन, क्लासिक, डमरूको डण्डिवियो, पे्रमगीत ३ जस्ता थुपै चलचित्र लेखेका छन् । पछिल्लो समय उनले लेखेको प्रेमगीत ३ रिलिज हुन बाँकी छ । उनले यो चलचित्रमा लेखनसँगै निर्माता सन्तोष सेनसँग संयूक्त रूपमा सिनेमा निर्देशन समेत गरेका छन् ।
उनी लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पिडित थिए । गुरूङको स्वास्थ्यस्थितिमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।










