कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी, मोरङ  र कपिलवस्तुका एक , एक जना गरी तीन जना रहेका छन् ।

चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ९ बस्ने ६२ वर्षीया वृद्धाको आइतबार राति मृत्यु भएको छ ।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङको धनपालथान ६ का ४० वर्षीय पुरूषको पनि मृत्यु भएको छ । उनलाई भदौं २६ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा ए कपिलवस्तुको शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार