एसईईको नतिजा प्रकाशित, सांसद चौधरीकाे बी ग्रेड र नायिका मानन्धरकाे बी प्लस

काठमाडौं । यस वर्षको एसईई परीक्षाको नतिजा विहिबार प्रकाशित गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । जस मध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३।२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २।४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

परीक्षामा सांसद शान्ता चौधरीले बी ग्रेड पाएकी छन् । अनुसार उनले २.६५ जीपीए ल्याएले पास भएकी छन् । आमासँगै परीक्षा दिएकी चौधरीकी छोरीले भने बी प्लस ल्याएकी छन् ।

त्यसैगरी नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार