चोरबाटो हुँदै भारत लैजादै गरेका ५४ जनाको प्रहरीद्धारा उद्धार


नेपालगञ्ज । भारत लैजादै गरेका ५४ जनाको प्रहरीले उद्धार गरी नियन्त्रणमा लिएको छ । गैरकानुनी बाटोबाट नेपालगञ्ज हुँदै भारत लैजान लागेका ५४ जनाको प्रहरीले उद्धार गरी नियन्त्रणमा लिएको हो ।

साथै प्रहरीले उनीहरुलाई भारत पुर्याउने जिम्मा लिएका नेपालगन्ज १३ का सरोज हैयम राई र तुलसीपुर ८ का अम्बर गन्दर्वलाई पनि पक्राउ गरेको छ । उनीहरुले रुकुम, दैलेख, बर्दिया, बाँकेलगायत जिल्लाबाट भारतमा काम लगाइदिन्छु भन्दै स्थानीयलाई जम्मा गरी बाँकेका होटलमा राखेर सोमबार नाका कटाउन लागेका थिए ।

प्रहरीले उनीहरु सबै जनालाई डुडुवा गाउँपालिका १ को नाका नजिकैको स्कुलमा राखेको अवस्थामा उद्धार गरेको बताएको छ । उद्धार गरिएका ४९ पुरुष र ५ महिला रहेका छन् । उनीहरुबाट दलालले प्रत्येक व्यक्ति ८ हजारसम्म लिएको पनि खुलेको छ । प्रहरीले यो घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपालगञ्जबाट पनि कोरोनाका कारण काम नभएपछि लुकिछिपि भारत जानेको संख्या बढीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार