ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जिते कोरोना


काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना जितेका छन् । असोज ९ गते कोरोना पुष्टि भएका मेयर महर्जनले १४ दिनमा कोरोना जितेका हुन् ।

बुधबार उनको पछिल्लो रिर्पोट नेगेटिभ आएसँगै उनी कोरोना मुक्त भएका छन् । असाज ९ देखि १५ गतेसम्म निजी निवासमै रहेका उनी छातीमा समस्या देखिएपछि १६ गते सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।

कोरोनामुक्त भएका मेयर महर्जन छिट्टै नै काममा फर्किने महानगरले बताएको छ ।

यसैगरी बुधबार दिउँसो नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि कोरोना जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार