रहेनन् कलाकार गणेश मुनाल

काठमाडौं । बरिष्ठ कलाकार गणेश न्यौपाने सोमबार निधन भएको छ । लामो समय देखि अस्वस्थ मुनालको सोमबार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उनले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका गरेका छन् ।

उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिएको छ । काठमाडौंको महाकालका स्थायी बासिन्दा मुनालले लभ लभ लभ, एक पल, सेतो बाघ, शिरीषको फूल, दिदी भाई, प्रेमयुद्ध, मिस्टर डन लगायतका फिल्ममा अभिनय गरेका छन् । उनी अभिनीत नयाँ फिल्म गोपी भने यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । उनलाई श्रदाञ्जली दिन पशुपति आर्यघाटमा दर्जनौं चलचित्रकर्मीहरु पुगेका छन् । स्वर्गीय मुनालका एक छोरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार