लकडाउन खुकुलो हुने वित्तिकै काठमाडौंमै सवारी दुर्घटना, गयो ज्यान


काठमाडौं । काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो भएपछि भिडभाड हुन थालेको छ । सडकहरुमा सवारी साधनहरु बाक्लै गुड्ने गरेका छन् । जसले फेरी दुर्घटना निम्त्याउँदै । काठमाडौंको थापाथलीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।
मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा दोलखा स्थायी घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको मृत्यु भएका् प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार अर्का रामेछाप स्थायी घर भएका २३ वर्षीय कृष्ण खड्का भने घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

माइतीघरबाट थापाथली जाँदै गरेको बागमती प्रदेश-०२-०२६ प ११८१ नम्बरको मोटरसाइकल र थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ ट्रक ठोक्किँदा दुर्घटना भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार