काठमाडौं । संसदमा आज अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट प्रस्तुत गर्दैछन् । संसदबाट पारित भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा उनले बजेट प्रस्तुत गर्ने छन् ।
आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् । कोरोनाबाट गुजिरहेको देशलाई माथि उठाउन बजेटले सहयोग गर्नेछ ।
नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ ।
आगामी आर्थिक बर्षको बजेटमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने र यसका लागि स्वास्थ्य संस्थाको स्थापना एवम् स्तरोन्नती, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र स्वास्थ्य सेवाको पुनसंरचनालाई बजेटले सम्वोधन गर्ने अपेक्षा गरिएको छ ।










