लालझाडी गाउँपालिका–६ को कांग्रेस सभापतिमा चन्द निर्विरोध निर्वाचित

कंचनपुर । नेपाली कांग्रेसले कंचनपुरको लालझाडी गाउँपालिकाको –६ को सभापतिमा गोपाल चन्दलाई निर्विरोध निर्वाचित गरेको छ ।
शुक्रबार सम्पन्न १४औं वडा अधिविशनले चन्दलाई सर्वसहमत वडा सभापतिमा निर्वाचित गरेको हो ।

वडाका कृयाशिल सदस्यहरुको भेलाले मतदान अधिकृत भोज राज रानाको उपस्थितीमा अधिवेशन सम्पन्न गरेको पूर्व वडा सभापति रामचन्द्र रानाले अनमोलपोस्टलाई जानकारी दिए ।

सभापतिमा निर्वाचित चन्दले आफुलाई विश्वास गरी निर्विरोध निर्वाचित गरेर महत्वपुर्ण जिम्मेवारी दिएकोमा सबै कृयाशिल सदस्य तथा वडावासी काँग्रेसजनलाई धन्यवाद ज्ञापन गरेका छन् ।

पार्टीको सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै वडावासीको हितमा काम गर्ने सभापति चन्दको भनाई छ ।

कांग्रेसले आज ३७ जिल्लाका विभिन्न वडाहरूमा वडा अधिवेशन सम्पन्न गरेको छ । पहिलो चरणमा क्रियाशील सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गरिएका जिल्लाहरूमा आज वडा अधिवेशन गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

भदौ २६ गतेभित्र वडा अधिवेशन गरिसक्ने कांग्रेसको निर्वाचन तालिका छ । भदौ २७ मा गाउँ र नगर अधिवेशन हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार