काठमाडौं । चर्चित आरोही निर्मल पुर्जा (निम्स) माथि एक विदेशी महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा आफु काठमाडौं आएका बेला पुर्जाले एक होटलमा दुव्यर्वहार गरेको आरोप लगाएकी हुन्। उनले शुक्रबार प्रकाशित अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै यस्तो बताएकी छन् ।
डिसेम्बरमा प्रकाशन भएको उनको संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि नाम नखुलाएर एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् । उक्त ब्यक्ति पुर्जा भएको हिन्स्टाले न्यूयोर्क टाइम्ससंगको कुराकानीमा खुलाएकी छन् । पुर्जा ले आफ्नो सहमतिविना चुम्बन गरेको हिन्स्टाको आरोप छ ।
‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थालेपछि म जमे जस्तो भएको थिएँ, शरीरबाट बाहिर गएको जस्तो महसुस गरिरहेको थिएँ’, उनले भनेकी छन्, ‘मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्याए’, उनले न्यूयोर्क टाइम्ससंगको कुराकानीमा भनेकी छन्।
न्यूयोर्क टाइम्सले यस आरोपको बिषयमा पुर्जासंग प्रतिक्रिया लिन चाहेको तर उनले इन्कार गरेको उल्लेख गरेको छ। तर पुर्जाका वकिलले यस आरोपको खण्डन गरेका छन् ।
क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटकपटक तानेर चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका निम्सले दुर्व्यवहार गरेको उनले भनेकी छन् । यस आरोपलाई झुटा भन्दै पुर्जाका वकिलले खण्डन गरेका छन् ।
यि आरोपहरुबारे पुर्जाले आफ्नो इस्टाग्राममा आफूले कुनै पनि गल्ती नगरेको बताउँदै आरोपका दाबीहरू झुटो भएको बताएका छन् । उनले न्यूयोर्क टाइम्सलाई पनि यसअघि नै आफूमाथि लगाइएको आरोप साँचो नभएको प्रमाण दिएको पनि उनको दावी छ ।
निम्सले आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्दै आएका छन् । गर्छन् ।