सुदूरपश्चिम प्रदेशमा १३ सांसदले छोडे केपी ओलीको साथ, माधव नेपालको पार्टी ठुलो


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा १३ सांसदले नेकपा एमाले छोडेका छन् । आइतबार थप ३ सांसदले केपी ओली नेतृत्वको एमाले त्यागेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

समाजवादीमा थप भएका सांसदमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङ रहेका छन् । उनिहरुले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।
योसँगै प्रदेशसभामा अब नेकपा एसको सांसद संख्य १३ पुगेको छ ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले नेकपा एसको पक्षमा सनाखत गरेका थिए।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एसका १३ सांसद पुगेसंगै ठुलो दलको हैसियत पाएको छ । त्यस्तै प्रदेशसभामा माओवादी केन्द्रका पनि १३ सांसद छन्, नेकपा एमाले सभामुखसहित १२, नेपाली कांग्रेस १२ र जसपाका २ सांसद छन् ।

एमाले फुटेर दुई दल भएपछि निर्वाचन आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र आफ्नो दल रोजेर सनाखत गर्न समय दिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार