
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको विधान महाधिवेशनलाई संवोधन गर्दा गर्दै बिचमै छोडेका छन् । अधिवेशनको उद्घाटन सत्रपछि संवोधन गरिरहेका अध्यक्ष ओलीले आफुलाई रुघाखोकीले बोल्न अपठ्यारो भएको भन्दै संवोधन बिचमै रोकेर नेता ईश्वर पोखरेललाई बाँकी संवोधन पढ्न लगाएका हुन् ।
नेता पोखरेलले अहिले बाँकी संवोधन पढिरहेका छन् । ओलीले आफ्नो संवोधनमा नेपालको कम्युनिष्ट आन्दोलन, बाम एकता, कम्युनिष्ट टुटफुटसंगै पार्टी विभाजनको बिषयमा चर्चा गरेका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखि सुरु भएको महाधिवेशनमा देशभरिबाट करिब ६ हजार नेता कार्यकर्ताहरुको सहभागिता छ। महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् ।












