
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरुले देउडा खेल लगाएका छन् । महाधिवेशन जारी रहेको स्थलमा आज एमाले सुदूरपश्चिमका नेता तथा प्रतिनिधिहरुले देउडा खेल लगाएका हुन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलीक लोक संस्कृतीका रुपमा रहेको देउडा भाका गाउँदै खेल लगाएर एकछिन रमाएका थिए । देउडा खेलमा एमाले सुदूरपश्चिमका इन्र्चाज लेखराज भट्ट, अध्यक्ष कर्ण थापा, सांसद र जिल्लाका प्रतिनिधिहरु सहभागि भएका थिए ।
उनिहरुले देउडाका लोकपृय लोकभाका जौपात, छमक्क छमक्कमा एमाले एकता र पार्टी सम्बन्धि गीत गाएका थिए ।
एमालेको जारी अधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समुहगत छलफल भइरहेको छ । आधा भन्दा बढि समुहहरुले छलफल गरेर निर्णय सुनाएका छन् ।












