धनगढी । सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी नेतृ गरिमा शाह राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले प्रदेशसभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन्।
उनकी प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले भने प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार पाएकी छन् । शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन्।










