
भक्तपुर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सत्तारुढ गठबन्धन सजिलो नहुने कटाक्ष गरेका छन् ।
भक्तपुरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई लोभीपापीहरुको गठबन्धन समेत भन्न भ्याएका छन् ।
उनले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थी रहेकाले स्थानिय चुनावमा उनिहरुलाई सहज नहुने दावी समेत गरे।
‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन, लोभिपापीहरूको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त’, ओलीले भने ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसको केन्द्रिय कमिटि बैठकले हिजोमात्रै चुनावमा सत्ता गठबन्धन मिलेरै जाने निर्णय गरेपछि अध्यक्ष ओलीको यस्तो अभिव्यक्ति आएको हो ।
सत्ता गठबन्धन चुनावसम्मै जाने निर्णय भएपछि चुनावमा एमालेको अवस्था दयनिय हुने आकंलन गरेरै ओलीले यस्तो अभिब्यक्ति दिएको भन्ने चर्चा समेत भइरहेको छ ।
















