
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्टलाई एकीकृत गरेर समाजवादसम्म पुग्ने बताएका छन् ।
आज आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पू्र्व माओवादीहरुबीच ध्रुवीकरण आवश्यक रहेको तर यसले मात्रै समाजवादसम्मको यात्राका लागि पर्याप्त नहुने बताए । समाजवादसम्मको पात्राका लागि सबै कम्युनिष्टहरुबीच धुव्रीकरणको आवश्यकतामा उनले जोड दिए ।
अध्यक्ष प्रचण्डले एमालेभित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व पनि आफूले गर्ने जिकिर समेत गरे । एमालेमा सबै खराब छन् भन्ने पनि सोच्न नहुने भन्दै उनले इमान्दार कम्युनिष्टहरुलाई पनि नेतृत्वले भ्रममा राखेको बताए ।
‘एमालेभित्र प्रतिक्रियावादी, प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वमा इमान्दार कम्युनिष्टहरु बन्दी भएका छन्, हामीले तीनलाई पनि मुक्त गर्नुछ र तीनको पनि नेतृत्व गर्नुछ । त्यो सोचाइ नराखीकन क्रान्ति अगाडि बढ्दैन’, प्रचण्डले भने ।
एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूहरुले पाएको भए पार्टी नफुट्ने समेत प्रचण्डको दावी थियो ।
भिडियो पनि हेरौंं















