
कैलाली । नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। आज कैलालीको गौरीगंगा नगरपालिकामा आयोजित बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा चौधरी माओवादी प्रवेश गरेका हुन् । उनिसंगै कंचनपुरको बेलौरी नगरपालिका–२ को वडा कार्यसमिति सचिव हरिराम जोशी पनि माओवादी प्रवेश गरेका छन्।
उक्त कार्यक्रममा काँग्रेस कञ्चनपुरबाट पाँच सयबढि नेता कार्यकताले माओवादी प्रवेस गरेको माओवादी कञ्चनपुरका युवा नेता दिपक तिम्लिसेनाले बताए । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७ सय बढि नेता कार्यकर्ता माओवादी प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका थिए ।












