बेरुजु भएका विद्यालयलाई अनुदान नदिइने

काठमाडौं । सरकारले बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधा नदिने भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्यौट नगरेसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदान कार्यक्रममा सिफारिस नगर्न निर्देशन दिएको छ ।

बेरुजु भएका विद्यालयका प्रधानाध्‍यापकहरुलाई बेरुजु फर्छ्यौट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्न पनि केन्द्रले निर्देशन दिएको जनाएको छ ।

बेरुजु राख्ने विद्यालयको सूची वेवसाइटमार्फत सार्वजनिक गर्न समेत निर्देशन दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार