
कंचनपुर । लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् ।
आज बहान सम्पन्न मतगणनामा जोशीले ४६४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । फुलाराम निर्बतमान अध्यक्ष हुन् । वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए । अहिले विजयी र्यालीको तयारी भइरहेको छ ।












