दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका प्यानल नै विजयी भएको छ । अध्यक्षमा काँग्रेसबाट साझा उम्मेदवार बनेका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएको हो । लोथ्यालले १ सय ८३ मतसहित विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले एक सय ५६ मत ल्याएका थिए ।












