डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर- ४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र भटटसहितको प्यानल बिजयी भएको हो । उनले ६१४ मत ल्याएका छन् भने एमाले उम्मेदवारले १८४ र माओवादी केन्द्रका उम्मेदवार १४९ मत ल्याएका छन् । सो वडामा १ हजार ०२९ मत खसेको थियो ।












