
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेसले हार व्यहोरेको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसबाट विद्रोहगरी कर्ण मल्लले नेतृत्व गरेको नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । उनले ६७३ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरे।
प्रधानमन्त्री देउवाले मतदान गरेकै वडामा हार्दा डडेल्धुरा काँग्रेसमा खैलाबैला मच्चिएको छ । कांग्रेस बीपीले एमालेको सहयोगमा देउवाकै वडामा विजयी हासिल गरेको हो । मल्ल समुहले एमालेसंग तालमेल गरेर चुनाव लडेको हो । स्थानिय तह निर्वाचनमा काँग्रेस नेतृत्वले टिकट वितरणमा मनोमानी गरेको भन्दै मल्ल सुमहले विद्रोह गर्दै एमालेसंगको तालमेलमा उम्मेदवारी दिएको थियो ।












