कंचनपुरको भीमदत्त नगरपालिका–१ मा कांग्रेसका कुँवर विजयी


कंचनपुर। कंचनपुरको भीमदत्त नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेस वडाध्यक्ष उम्मेदवार आसेफ कुँवर (भुन्टु)

७ सय ३२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कमलबहादुर विष्टले २ सय २४ मत पाए ।

त्यस्तै एमालेका गगनसिंह कार्कीले १ सय ९७ र राप्रपाका गोविन्दबहादुर विष्टले ६५ मत प्राप्त गरेका छन् । कुँवर वडाध्यक्षमा दोहोरिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार