काठमाडाैं । मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठक फेरि स्थगित भएको छ । कोरम नपुगे पछि बैठक स्थगित भएको हो ।
थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा विजयकुमार दत्तको सिफारिसको सुनुवाईका लागि बोलाइएको बैठक दुई पटक स्थगित भएको हो ।
मंगलबारको बैठकमा जम्मा ७ मात्रै सांसद सहभागि थिए । जस्मा १५ सदस्यीय सुनुवाई समिति रहेको छ । यस अघि समितिको आइबार बसेको बैठक पनि कोरम नपुगेको भन्दै स्थगित भएको थियो । समितिको अर्को बैठक फागुन १६ गते २ बजे बस्ने छ ।