मंसिर ४ मा हुने निर्वाचनका लागि असोज २३ मा उम्मेदवारी दर्ता

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ।

कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । कार्यतालिकाअनुसार मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने समेत आयोगको तयारी छ।

कार्यतालिकाअनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जनाएको छ।

असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।

आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि मौनअवधी सुरु हुनेछ । जसमा चुनाव प्रचारप्रसार गर्न पाइने छैन्। कार्यतालिकाअनुसार मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।

निर्वाचनका लागि दल दर्ता गर्न भने यहि साउन २२ गतेदेखि साउन ३१ गतेसम्मका लागि समय तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार