
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रका पक्षमा भोली हुने जनप्रर्दशनलाई सर्मथन गरेका छन् । माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले भोली काठमाडौंमा गर्न गयातन्त्रका पक्षमा गर्न लागेको प्रर्दशनलाई महासचिव पोखरेलले सकारात्मक भन्दै सर्मथन गरेका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले १५ गतेका दिन गणतन्त्रका पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कू प्रयासका विरुद्धको सकारात्मक पहल हो।’
महासचिव पोखरेलले अहिलेको युग जनसचेतनाले सुसम्पन्न लोकतन्त्रको युग रहेको बताउँदै उक्त कुरा इतिहासले धेरै पटक प्रमाणित गरेको पनि स्टाटासमा लेखेका छन् ।
जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा वोल्दछ भने त्यसको डटेर सामना गर्नुपर्ने उनको भनाई छ ।
‘एक अर्काको आलोचना र विरोध पनि गर्दछन् । जनअभिमतबाट आफूलाई स्थापित गर्ने कोशिस समेत गर्दछन्, तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा वोल्दछ भने त्यसको डटेर सामना पनि गर्न सक्दछन्,’ महासचिव पोखरेलले भनेका छन् ।
उनले यस्तो अभिव्यक्तीले गणतन्त्रको पक्षमा भइरहेको जनप्रर्दशनमा सरकार पक्षका दलहरुको पनि सहभागी छकी भनेर धेरैले आशंका गरिरहेका छन् ।
भोली राजतन्त्रवादीहरुले काठमाडौंको तिनकुने र गणतन्त्रवादीहरुले भृकुटीमण्डपमा आ आफ्नो शक्तिप्रर्दशन गरिरहेका छन् । दुबै समुहले आ आफ्नो पक्षमा जन सहभागिता बढाउने व्यापक तयारि गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्यले राजावादीहरु हौसिएका छन् भने गणतन्त्रवादीहरु पूर्वराजालाई जनतामा भ्रम नफैलाउन चेतावनी दिइरहेका छन् ।











