
काठमाडौ । नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले एमालेका उम्मेदवार ईश्वर पोखरेललाई कोरोना महामारीमा जनता लुटेको आरोप लगाएका छन् । काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवार रहेका युवा नेता पौडेलले आफ्ना प्रतिस्पर्धी एमाले नेता पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको समेत बताए।
पोखरेलले पटक-पटक अवसर पाए पनि काम गर्न नसकेको उनको भनाई छ। आफुलाई जिताउन आग्रह गर्दै पौडेलले जनताको जीवनस्तर उकास्ने एजेण्डाहरु आफुसंग भएको बताए । नेता पौडेलले सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुलाई पनि आफुलाई सहयोग गर्न आग्रह गरे ।











