प्रधानमन्त्रीसंगको भेटवार्तापछि माधव नेपालले भनेः पुरानै गठबन्धन ब्युँताउने सबैभन्दा उत्तम विकल्प


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुरानै पाँचदलीय गठबन्धन ब्युँताउने विकल्प सबैभन्दा उत्तम रहेको बताएका छन् ।

आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब एक घण्टा भेटवार्ता गरेपछि संचारकर्मीलाई प्रतिकृया दिदैं अध्यक्ष नेपालले चुनावअघि कै पाँचदलीय गठबन्धन ब्युँताउनु नै उत्तम विकल्प रहेको बताएका हुन् । राष्ट्रपतिका बिषयमा ठोस निर्णय नभएपनि त्यसका विभिन्न विकल्पमा छलफल भएको उनले बताए ।

पुरानो गठबन्धन ब्युँउतिएपछि राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा सहजै सहमती हुने अध्यक्ष नेपालको भनाई थियो ।

प्रचण्ड र नेपालबीचको भेटवार्तामा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहभागी थिए ।

एमाले अध्यक्ष केपी ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपतिको रुपमा अघि सारेपछि नेपाल प्रचण्डलाई भेट्न सिंहदरबार गएका थिए। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार