मेयर उम्मेदवार थापाको घरदैलो अभियानमा मतदाताको उत्साहपुर्ण सहभागिता

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णहरी थापाको घरदैलो चुनावी अभियानमा मतदाताहरुको हौसलापुर्ण सहभागिता देखिएको छ ।

कागेश्वरी मनोहराका निवर्तमान मेयर थापाले नगरभित्रका प्रत्येक वडाहरुमा अहिले घरदैलो अभियान गर्दै भोट मागिरहेका छन् । थापा अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । उनि अहिले नेकपा एकीकृत समाजवादीबाट दोस्रो कार्यकालका लागि मेयर पदमा उम्मेदवारी दिदैं घरदैलो अभियानमा लागका छन् ।

उम्मेदवार थापाले मतदाताहरुको घर घरमा गएर आफ्नो चुनाह चिन्ह कलममा भोट हाल्न आग्रह गरिरहेका छन् । उनको घरदैलो अभियानमा स्थानिय मतदाताहरुको समेत उत्साहपुर्ण सहभागिता देखिन्छ । मेयर थापाले पहिलो कार्यकालमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, उद्यमशिलता लगायतका क्षेत्रमा इमान्दारीपुर्वक काम गरेको स्थानिय मतदाताहरुको भनाई छ ।

आफ्नो पहिलो कार्यकालमा अघि बढाएका केहि महत्वपुर्ण योजनाहरु सम्पन्न गर्ने र नगरपालिकालाई आउँदो पाँच बर्षमा सुविधा सम्पन्न, आत्मनिर्भर, सुन्दर र समृद्ध बनाउन आफु दोस्रो पटक मेयर हुन चाहेको उम्मेदवार थापाको भनाई छ । भ्रष्टाचार नगरी जनताप्रति उत्तरदायी भएर काम गरेकाले नगरवासीहरुले आफुलाई मेयरमा दोस्रो पटक निर्वाचित गर्नेमा थापा विश्वस्त छन् ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार