
काठमाडौँ । हिन्दी फिल्म आदिपुरुष आज काठमाडौं महानगरभित्रका कुनै पनि हलमा प्रर्दशन भएन ।
मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरेपछि आज महानगर भित्रका १७ हलमा हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकिएको हो । चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुषको विरुद्धको महानगरको अभियानमा साथ दिन फिल्मको प्रदर्शन रोकिएको बताएका छन् ।
यसअघि मेयर बालेनले आदिपुरुष नामक हिन्दी फिल्ममा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन ३ दिन समय दिँदा पनि नहटाएपछि फिल्म बन्द गरिएको हो ।









