
काठमाडौँ । दशैं–तिहार लगातय नेपाली चाँडबाडलाई लक्षित गरी बिहीबारबाट सुपथ मूल्य पसल संचालन भएका छन् । सरकारले सर्वसाधारणलाई सहुलियत होस भन्दै हरेक बर्ष खाद्य वस्तु बिक्री गर्न सुपथ मुल्यका पसलहरु सञ्चालन गर्दै आएको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यहि परम्परालाई निरन्तरता दिँन यसबर्ष पनि काठमाडौं उपत्यका र बाहिर जिल्लाहरुमा त्यस्ता सुपथ मुल्यका पसलहरु सञ्चालन गर्न लागेको हो ।
दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।
दैनिक उपभोग्य सामानहरु दाल, गेडागेडी, चिनी, चालम, नुन, तेल, पिठों लगायत चाँडबाडमा मासुका लागि खसी बोका, भेडा च्याङ्ग्रा पनि सुपथ मल्यमा किन्न पाइनेछ ।
बजारको मुल्यमा प्रतिकिलो न्युनतम ५ रुपैंया देखि अधिक्तम ३० रुपैंयासम्म सहुलियतमा सुपथ मुल्यका पसलमा सामानहरु किन्न पाइनेछ ।
कहाँ कहाँ किन्न पाइने ?
काठमाडौं उपत्यकामा सुपथ मुल्यका पसलहरु विभिन्न ठाँउमा संचालनमा आएका छन् । काठमाडौं उपत्यकाको सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, थापाथाली, ललितपुर, नख्खु, प्रयागपोखरी, जावलाखेल, भक्तपुरलगायत १६ स्थानमा सुपथ मूल्य पसल संलालनमा आएका छन् ।
त्यसैगरी उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायत ६५ स्थानमा सुपथ पसल सञ्चालनआ आएका छन् ।









