प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त, जिल्ला इन्चार्ज घाइते

काठमाडौं ।  मंगलबार दिउँसो प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको विप्लवका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको छ । अछामको रामारोशन गाउँपालिकामा पर्ने बाटुलसैनमा दुई पक्षबीच गोली हानाहान भएको बताइएको छ ।

विप्लवका कार्यकर्ताले प्रहरीको गस्तीमा रहेको टोलीमाथि फायर गरेपछि भिडन्त हुन पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । तर विप्लव समुहले भने आफुले गोली नचलाएको र सुरुमा प्रहरीले नै फायर गरेको बताएको छ ।

प्रहरीको गोली लागेर विप्लवका अछाम इञ्चार्ज सामान्य घाइते भएका छन् । प्रहरीले दोहोरो भिडन्त भएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि केही ठाउँका जिल्ला र प्रदेश इन्चार्ज र कार्यकर्तालाई पक्राउ गरिएका छन् । आफ्ना कार्यकर्ता पक्राउपछिल विप्लवलेल पनि आफ्ना गतिविधिलाई अगाडी बढाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार