काठमाडौं । ‘मिसेस तामाङ २०२३’ का विजेताहरुलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सम्मान गरेकी छन् । आज काठमाडौंमा एसके इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित ‘मिसेस तामाङ २०२३’ को ग्राण्ड सक्सेज पार्टीमा प्रमुख अतिथिका रुपमा विजेताहरुलाई उपसभामुख रानाले सम्मान गरेकी हुन् ।
यसबर्षको ‘मिसेस तामाङ २०२३’ को ताज सरिता तामाङले जितेकी थिइन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस, फोटोजेनिक र लिडरशीप समेतको उपाधी जित्न सफल भएकी थिइन् । प्रतियोगितामा दुर्गा तामाङ फस्ट रनर अप बनेकी थिइन् भने उनले पपुलर र इन्टेलिजेन्ट विधाको अवार्ड पनि जितेकी थिइन् ।
प्रतियोगितामा सेकेन्ड रनर अप सुश्मिता तामाङ भएकी थिइन् भने उनले फ्रेन्डशीप विधाको अवार्ड पनि जितेकी थिइन्। यस्तै, प्रतियोगितामा थर्ड रनर अप मिना योक्सो तामाङ भएकी थिइन् भने उनले कन्फिडेन्ट विधामापनि विजेता बनेकी थिइन्। फोर्थ रनर अपको उपाधी भने मनिशा तामाङले जितेकी थिइन्। उनले अनेष्ट विधाको अवार्ड पनि जितेकी थिइन् ।
प्रतियोगिताको अन्य विधामा डिसिप्लीनसहित अर्गनाइजर च्वाइसमा शर्मिला तामाङ, म्यानेज्मेन्ट च्वाइसमा विनिता तामाङ र ट्यालेन्टमा जुठी तामाङ विजेता भएका थिए । प्रतियोगितामा लक्ष्मी तामाङ पर्सनालिटी, शर्मिला तामाङ इनोसेन्ट, मोनिका गुरुङ स्माइल, इच्छुला तामाङ हार्डवर्किङ तथा देउती तामाङ एक्टिभ अवार्ड जित्न सफल भएका थिए ।
विजेता सम्पुर्णलाई ग्राण्ड सक्सेज पार्टीमा उपसभामुख रानाले बधाईसहित सम्मान गरेकी थिइन् । कार्यक्रममा विशिष्ठ अतिथि संविधानसभा सदस्य एवम् पूर्वराज्यमन्त्री पर्शुराम तामाङले पनि विजेता लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा संचारकर्मी, कलाकार, समाजसेवी, जनप्रतिनिधि लगायत नेपाल होचा पुड्का संघका पदाधीकारीहरुलाई समेत सम्मान गरिएको आयोजक एसके इन्टरटेनमेन्ट प्रालिका संचालक शान्ता तामाङले जानकारी दिइन् ।
तामाङ समुदायको कला, संगीत, भेषभुषा र विशेषगरी महिला शसक्तीकरणमा योगदान पुर्याउने उदेश्यले बिगत आठ वर्षदेखि एसके इन्टरटेनमेन्ट प्रालिले ‘मिसेस तामाङ’ प्रतियोगितको आयोजना गर्दै आएको छ ।
यस बर्षको मिसेस तामाङ २०२३ सफलतापुर्वक सम्पन्न भएको आयोजक शान्ता तामाङले बताइन् । उनले प्रतियोगिता सम्पन्न गर्नका लागि साथ, सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत ज्ञापन गरेकी छन् ।
कार्यक्रमका प्रमुख अतिथि उपसभामुख रानालाई एसके इन्टरटेनमेन्टले दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै उपसभामुख रानाले नेपालको जातिय विविधता र पहिचान नै सिंगो राष्ट्रको सम्पत्ती भएको बताइन् । ‘मिसेस तामाङ ‘ जस्ता प्रतियोगिताले महिलाभित्र रहेका विभिन्न क्षमतालाई बाहिर ल्याउने र यसले समग्र महिलाहरुको विकासमा योगदान पुग्ने पनि बताइन् ।