जीपको ठक्करबाट स्कुटी चालक दुईको मृत्यु

काठमाडौं । जीपको ठक्करबाट बाँकेको कोहपुरमा स्कुटीमा सवार दुई जनाको मत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाही रहेका छन् ।

प्रहरीका अनुसार, मृतक दुवै स्कुटी चालक हुन् । गएराति कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मदनचोक नजिकै चौधरी र शाहीले चलाएको भे ५ प १४२० र भे ८ प २१६५ नं को स्कुटी एकआपसमा जुधेको बेला तीव्र गतिमा आएको बा १५ च २०९६ नं को स्कारपियोले दुवैजनालाई ठक्कँर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । जीप चालक रोशन वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार