
काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ । आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने निर्णय गरेको हो ।
निर्णयमा अगाडि भनिएको छ, ‘पुनःनिर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने ।’ शनिबार मध्यराती जाजरकाट र रुकुम पश्चिममा गएको ६.४ म्याग्निच्युडको भूकम्प ठूलो मात्रामा घरहरु भत्किएका छन् ।
पुनःनिर्माण बेलासम्मका लागि भूकम्पबाट आवास क्षति भएका परिवारलाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने पनि सरकारको निर्णय छ ।













