राजसंस्थाको आलोचना गरेको भन्दै थाइल्यान्डमा एक युवालाई ५० बर्ष जेल सजाय सुनाइएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै ३० बर्षीय युवा मंकोन तिराकोटलाई अदालतले ५० वर्षको जेल सजाय सुनाइएको हो ।
थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुनेगरी ल्याइएको कानुनमा टेकेर दिइएको यो सबैभन्दा लामो सजाय हो । ३ वर्षअघिको घटनामा तिराकोटलाई २८ वर्ष जेल सजाय सुनाइएको थियो । बिहीबार त्यहाँको पुनरावेदन अदालतले थप २२ वर्ष थपेर ५० बर्ष जेल सजायको फैसला सुनाएकोछ।
थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्न नपाइने कडा कानुन ‘लिज म्याजस्टी’ छ । सन् २०१९ मा वाचिरालोंकोर्न राजा बनेपछि हटाइएको लिज म्याजस्टी कानुन फेरि लागू गरिएपछि जनतामा असन्तुष्टी पैदा भएको छ। थाइल्यान्डमा पछिल्लो समय जनताहरुले राजसंस्थामा व्यापक सुधारको हुनुपर्ने भन्दै आन्दोलन गर्दै आएका छन् ।
सन् २०२० यता २५० भन्दा बढी अभियन्तालाई लिज म्याजस्टी कानुनअन्तर्गत कारबाही गरिएको छ ।