प्रधानमन्त्री प्रचण्ड र भारतका विदेशमन्त्रीबीच युगान्डामा भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका विदेशमन्त्री एस। जयशंकरबीच युगान्डामा भेटवार्ता भएको छ ।

युगान्डाको राजधानी कम्पालामा आज भएको भेटवार्तामा दुई पक्षीय हित र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
असंलग्न आन्दोलन अभियान (नाम) का मुलुकहरुको १९औं शिखर सम्मेलनमा सहभागी हुन युगाण्डा पुगेका प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नाराका साथ नामको १९औं शिखर सम्मेलन सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार