७७८ निमावि शिक्षकका लागि खुल्यो विज्ञापन


काठमाडौं । शिक्षक सेवा आयोगले ७७८ जना शिक्षकका लागि विज्ञापन खोलेको छ । आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको हो ।

आयोगले नेपाली विषयको ११७, अंग्रेजी विषयकको लागि १७६, गणित विषयको लागि १२८, विज्ञान विषयको लागि १६३, सामाजिक विषयको लागि १२२, गणित विज्ञानको लागि ६५ रिक्त पदको लागि विज्ञापन गरेको जनाएको छ ।
यस्तै शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञानको लागि १र१ जना र संस्कृत भाषाको लागि ५ जनाको लागि आवेदन आह्वान गरेको आयोगले जनाएको छ । आयोगले सामान्य तर्फको लिखित परीक्षा आगामी वैशाख ८ मा सञ्चालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार