
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । अध्यक्ष ओलीसंग भेटवार्ता गर्न शुक्रबार साँझ प्रधानमन्त्री देउवा आफै बाल्कोट पुगेका हुन् । देउवासंग सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् ।
बाल्कोट जानुअघि प्रधानमन्त्री देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा एमसीसी र गठबन्धनका बिषयमा गम्भिर छलफल भएको बतायएको छ ।
एमसीसी पास गर्नका लागि विपक्षी एमालेको साथ जुटाउन प्रधानमन्त्री देउवाले ओलीसंग निरन्तर भेटघाट र छलफल गरिरहेका छन् । संसदमा पेस भइसकेको एमसीसीबारे छलफल गर्न डाकिएको संसद बैठक बिहीबार र शुक्रबार गरी दुई पटक स्थगित भइसकेको छ ।
एमसीसीलाई शंसोधन नगरी जस्ताको तस्तै पास गर्न नसकिने भन्दै सत्ता गठबन्धनकै माओवादी केन्द्र, एसमाजवादी, जनमोर्चा, जसपा लगायतका दलहरु सडक आन्दोलनमा उत्रिएका छन् ।













