काठमाडौँ । सरकारविरुद्ध आगामी रणनीति तय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक डाकेको छ । जेठ ९ गते बिहान ११ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति र दलको संयुक्त बैठक डाकिएको कांग्रेस केन्द्रीय कार्यालय सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिका बिषयमा संयुक्त बैठकमा गम्भिर छलफल हुनेछ । काँग्रेसो अगुवाइमा विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।
छानविन समिति नबनाएर सरकार पेलेरै जाने रणनीतिमा रहेको भन्दै पछिल्लो समय काँग्रेस संसद आक्रामक देखिएको छ । सहकारी ठगीको बिषय संसदमा मात्रै नभएर सडकबाट पनि शसक्त रुपमा उठाएर सरकारलाई दवावमा पार्ने कांग्रेसले पनि आफ्नो रणनीति बनाइरहेकोछ । त्यसकै तयारीस्वरुप संयुक्त बैठक बोलाइएको बताइएको छ ।
आज बसेको संसद बैठकमा पनि काँग्रेसले शसक्त विरोध गरेको थियो । प्रधानमन्त्री प्रचण्डले विश्वासले मत लिने कार्यसूचि रहेकाले पनि त्यसलाई प्रभावित पार्ने गरी काँग्रेसले संसद अवरोध गरेको थियो । जसलाई प्रचण्डले काँग्रेसको ठुलो गल्ती भन्दै त्यसको चर्को मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।