काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका छन्।
ढुंगानालाइृ अन्तिम श्रद्धाञ्जली दिन सानोगौचरन पुगेका प्रधानमन्त्री ओलीले उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन । श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री ओलीसहित, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, आफन्तजन लगायत सहभागी छन् । ढुंगानाको आजै पशुपति आर्यघाटमा ३ बजे अन्त्येष्टि गरिने छ ।
कलेजोसँग सम्बन्धित रोगका उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा हिजो दिउँसो निधन भएको थियो । पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।