अछाम: चट्याङ लागेर एक किशोरीको मृत्यु

अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ६ शोडषाको झणिगाउँमा चट्याङ लागेर एक किशोरिको मृत्यु भएको छ । चट्याङका कारण स्थानीय केवलसिंह बोहराका १८ वर्षका छोरी हिउकला कुमारी बोहराको मृत्यु भएको हो ।

गाँउ नजिकैको जँगलमा घाँस काट्न गएको बेला पानी परेपछि ओत लाग्न रुखमा अडेस लागेको समय हिजो दिउँसो करिब साढे २ बजेतिर एक्कासि रुखमा चट्याङ परेपछि घट्नास्थलमै उहाँको मृत्यु भएको मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार