हावाहुरी घटनाका पीडितलाई क्षतीपुर्ती र निशुल्क उपचार गर्न प्रचण्डको आग्रह

घटनाप्रती गहिरो दुःख ब्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सामा भएको हावाहुरीको घटनाप्रती गहिरो दुःख ब्यक्त गरेका छन् ।
घटनामा मृत्यु भएकाप्रति गहिरो व्यक्त गदै पीडित परिवारहरुलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि तत्काल ब्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेका छन्।

प्रचण्डले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन । जारि विज्ञप्ती भनिएको छ, “ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार