अब भाडा तिर्ने पैसामा बनाउनुहोस आफ्नै सानदार घर

काठमाडौं । तपाईले तिर्ने घर भाडामा अब आफ्नै सानदार घर बनाउन सक्नु हुनेछ, भन्दा धेरैलाई यो कुरा हाँस्यास्पद लाग्न सक्छ । तर, यो कुरा सत्य हो । एभरेष्ट बैंकले मध्यम बर्ग र निम्न वर्गीय परिवारलाई मध्यनजर गर्दै ल्याएको होम लोन स्कीमले आफ्नै सानदार घर मजाले बनाउन सकिनेछ ।

अब भाडा होइन, आफ्नो घरको किस्ता बुझाउँ’ भन्ने नारा सहित एभरेष्ट बैंकले न्यूनतम सरल मासिक किस्ता ९५९९ रुपयाको होम लोन ल्याएको हो। घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि सबैको यसमा आर्कषण देखिएको छ ।

बैंकले यस अभियान अन्तर्गत ग्राहकहरुलाइ सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि लोन दिने बैंकले जनाएको छ ।सर्भिस विथ स्माईल नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको यस बैंकको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार